
- सुजन महर्जन
दुर्गा प्रसाद काफ्लेज्यू, नमस्कार !
तपाईंले दिनुभएको अन्तर्वार्ताको दुवै भाग हेरें । त्यसपछि केहि भन्न मन लाग्यो । अन्तर्वार्ता हेर्दै गर्दा यति रिस उठ्यो कि यति नलेखी बस्नै सकिन । जहिले पनि बजारमा नकारात्मक कुरा गर्ने तपाईंका तर्कहीन कुराहरु सुनेर दया पनि लाग्यो । तपाईंलाई सेयर बजार बुझेको मान्छे सोचेको थिएँ । तर बजार घट्छका पछाडी कारणहरु स्पष्ट पार्न सक्नु भएन । दुवै भागका अन्तर्वार्तामा तपाईंले अरुलाई गाली गरेर नै समय विताउनुभयो ।
अनलाइन ट्रेडिङ भन्ने कुरा हावा हो भन्ने तपाइंको कु तर्कलाइ म के उपमा दिउँ काफ्लेज्यू । बजार घटेर लगानीकर्ता निरास भएका बेला तपाईंको जस्तो भनाइ आयो, त्यो म जस्तै धेरैलाई तर्कहीन लागेको कुरामा दुइमत छैन । सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा भएका बेला त्यो हुने सक्दैन भन्नु कहाँसम्मको मुर्खता हो, तपाईं आफैं मनन गर्नुहोस् ।
बेतुकको गाली गर्नुभन्दा अघि तपाईंले किन सोच्नुभएनकि बाणिज्य बैंकहरुलाई सेयर दलालको रुपमा काम गर्न दिने कुरामा सबैको सहमति भईसकेको छ र मार्जिन कर्जा पनि सेयर दलाल मार्फत नै प्रबाह हुने कुरामा पनि सबैको सहमती भइसकेको छ । के यसले बजार माथि लाँदैन र ? यसको जवाफ छ तपाईंसँग ?
तपाईंले उठाएका केहि जायज कुरा पक्कै छन् । नेपाल धितोपत्र बोर्डमा भ्रष्टाचार छैन भन्ने मेरो तर्क होइन। तर जे कुरा गर्दा पनि बजार घट्छ भन्नु कतिसम्मको अबुझपन हो, मैले बुझ्न सकिन । तपाईंलाई त थाहा नै होला लगानीकर्ता पहिचान कार्ड बितरण प्रक्रिया अन्तिम चरणमा छ । यसले समग्र लगानीकर्ताको सुरक्षा प्रत्याभुति र बजारमा आउनेहरुको पहिचान गराई अझै बिस्वसनीय वातावरण तयार पार्नेछ भन्ने कुरा कसरी बिर्सनुभयो वा कसरी बिर्सन सक्नुहुन्छ र ?
खुसी लाग्यो, तपाईं आफ्नो मत व्यक्त गर्न नवलपरासीदेखि काठमाडौँसम्म आइपुग्नुभएको रहेछ । तपाईंलाइ त यो कुरा थाहा नै हुनुपर्ने हो कि बिस्तारै बजार देशका पचहत्तरै जिल्ला जान पाउने र उनीहरुको कार्य क्षेत्र बिस्तार हुने नै छ । यसले बजार बढाउँदैन र ?
तपाईंलाइ थाहा छ कि छैन कुन्नि ! थाहा नभए थाहा पाउनुहोस् ‘बिमा कम्पनीहरुका लागि पूजी बृद्धि योजना अब चाँडै आउनेवाला छ । यसले बजार कसरी बढ्न मद्दत गर्छ एक पटक राम्रोसँग बुझ्नुहोला । अरु थुप्रै कारण छ बजार बढ्ने, यो कुरा पनि ध्यान दिनुहोला । राम्रोसँग बुझेर मात्र प्रतिक्रिया दिनुहोला । नत्र कुन दिन जनताले अगुल्टोले हिर्काउलान्, विचार गरौ है । फेरी उही रातो भुंग्रोबाट नै निकालेको अगुल्टोल तपाईंलाइ जनताले हिर्काउलान् नि !
उही तपाईंको अन्तर्वार्ता कुतर्कनै कुतर्क लागेको लगानीकर्ता
सुजन महर्जन
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्