Skip to content
LAXMI SUNRISE BANK

यता मान्छे ढल्नासाथ पारिबाट आयो यस्तो फोन

अर्थ सरोकार

काठमाण्डौ – युवा संघ जिल्ला अध्यक्ष दुुर्गा तिवारीलाई गोली हानेको मैले हो,पहिला गोली हानेर तर्साउँदासमेत सुुध्रिएन । उसले मेरा केटाहरुलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन,एमालेका मान्छेलाई अब छानी–छानी गोली हान्छु, गोली हानेको एक घण्टामै विभिन्न घटनामा फरार अभियुुक्त देवदहकै मनोज बुुढा मगरले एमाले रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य धुु्रव खरेललाई फोनमा भने ।
तिवारीलाई गोली लागेको र देवदह मेडिकल कलेज भलुुही लगेको जानकारी पाएपछि त्यहाँ पुुगेका खरेलसँगै थिए,इलाका प्रहरी बुुटवलका डिएसपी मुुकुन्द मरासिनी । मनोजले छानी छानी गोली हान्ने धम्की दिएपछि खरेलले मरासिनीलाई मोबाइल दिए । डिएसपीले सोधखोज गर्दा उताबाट आवाज आयो –हो मैले नै हो दुुर्गालाई गोली हान्न लगाएको । मलाई खोज्ने र पक्राउ गर्ने प्रयास नगर्नुुहोला,त्यसबेला जे पनि हुनसक्छ । आजको जनआस्था साप्ताहिकबाट
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK