×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत लाईन प्रसारणमा स्थानीयको विरोध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विद्युत लाईन प्रसारणमा स्थानीयको विरोध

Artha Sarokar

१९ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – बस्ती नजिकको खेतीयोग्य जमिनबाट लाइन प्रसारण गर्न लागेपछि निर्माणाधीन कालीगण्डकी करिडोर दुईसय केभी क्षमताको प्रसारण लाइनको विरोध भएको छ ।
आयोजनाको धाईरिङ खण्ड अन्तरगत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुँने भन्दै प्रभावित बासिन्दाहरु विरोधमा उत्रिएका  हुन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्वेलाई परिवर्तन गरी फाँटबाट लैजान खोज्दा २, ३ र ४ वडाका स्थानीयवासीहरुले यसको विकल्प खोज्न प्रभावित आयोजना समक्ष माग गरेका छन् ।
शनिवार सल्यानको फाँटमा भएको स्थानीयवासीहरुको भेलाले खेतीयोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निणय भएको सङ्घर्ष समितिका संयोजक टुङगनाथ आचार्यले बताए । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रसारण लाइन विस्तार गर्दा दीर्घकालीन रूपमा ठूलो असर पु¥याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उनले बताए ।
आयोजनाले सल्यानको फाँटमा ३ ओटा एङ्गल टावर बनाउन लागेको हो । टावर सँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैङ्क धितोमा उक्त जग्गा राख्न र खरीद बिक्री गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी