×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेसबुकले नयाँ वर्षमा ल्याउँदै छ यी ६ विशेषता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फेसबुकले नयाँ वर्षमा ल्याउँदै छ यी ६ विशेषता

१६ पुष २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस् वा भर्चुअल रियालिटी, सन् २०१७ मा यसमा आधारित विशेषता देख्न पाइनेछ । यस्तै केही सम्भावित र सार्वजनिक भइसकेका विशेषताबारे हामी जानकारी दिँदै छौं ।
लाइभ अडियोः
सन् २०१७ मा फेसबुकमा लाइभ अडियोको सम्भावना हुनसक्ने विज्ञहरुको दाबी छ । अहिले लाइभ भिडियो स्ट्रिमिङजस्तै फेसबुकममा लाइभ अडियोको सन् २०१७ मा सुरु हुने अनुमान गरिएको छ ।
इभेन्ट्स मोमेन्ट्सः
सन् २०१६ को डिसेम्बर २० तारिखमा फेसबुकले आधिकारिक रुपमा मार्केटिङ प्रोग्रामको लञ्च गरेको छ जसअनुसार मानिसहरुले आफ्नो जीवनमा घटित केही विशेष पल बारे कुरा गर्न सक्छन् र त्यससँग जोडिएका केही रमाइला घटना सेयर गर्न सक्नेछन् । यसका लागि एउटा विशेष प्रकारको डूडल तयार गरिएको छ जुन कार्यक्रमको हिसाबले कस्टमाइज गर्न सकिनेछ ।
फर्जी समाचारमाथि लगाम लगाउने व्यवस्थाः
मार्क जुकरवर्गले फेसबुकमा फर्जी समाचारमाथि लगाम लगाउने जानकारी दिइसकेका छन् । यसका लागि केही गाइडलाइन जारी गरिएको छ र एउटा समूहले फर्जी खबरसँग जुध्नका लागि विशेष टुल्स बनाइरहेको छ । सन् २०१७ मा तपाईंले आफ्नो फेसबुक न्यूजफिडबाट फर्जी खबर नआओस् भन्ने चाहनुहुन्छ भने त्यसलाई हटाउनका लागि दिइएको अप्सनको प्रयोग गर्न सक्नुहुन्छ ।
भर्चुअल रियालिटी र फेसबुकः
फेसबुकको सहयोगी कम्पनी अक्यूलसद्वारा बनाईको टच कन्ट्रोलरलाई सर्वश्रेष्ठ रियालिटी कन्ट्रोलर बताइएको छ । फेसबुकले अक्यूलसलाई खरिद गरेको थियो र सन् २०१७ मा फेसबुकको विशेषतामा यसको झलक देख्न सकिने अनुमान गरिएको छ ।
आर्टिफिशियल इन्टेलिजेन्समा आधारित विशेषताः
फेसबुक सिइओ मार्क जुकरबर्ग आर्टिफिशियल इन्टेलिजेन्सका प्रशंसक हुन् । यसै कारण उनले जार्विस नामको आर्टिफिशियल इन्टेलिजेन्सको डेमो जारी गरे । यसका लागि हलिउड नायक मोर्गन फ्रिमेनले आवाज दिए । सन् २०१७ मा फेसबुकमा आर्टिफिशियल इन्टेलिजेन्समा आधारित ‘शेयर्ड एल्बम’ भन्ने विशेषता आउन सक्छ । अर्थात, तपाईंको भिन्न समयमा खिचिएका तस्बिरलाई मेसिन लर्निङमार्फत त्यसै समयको हिसाबले संगठित गरिनेछ र त्यहाँबाट तपाईं एल्बम बनाएर सिधै फेसबुकमा सेयर गर्नसक्नुहुन्छ ।
Gif सपोर्टः
यो वर्ष फेसबुकले मेसेन्जरमा Gif सपोर्ट दियो जसलाई प्रयोगकर्ताहरुद्वारा निकै रुचाइयो र मानिसहरुले यसको अत्यधिक प्रयोग गरिरहेका छन् । सन् २०१७ मा फेसबुक कमेन्टमा Gif को सेवा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ । यसका लागि फेसबुकले Giphy र Riffsy को सहायता लिनेछ जुन Gif को विषयमा निकै चर्चित छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: