×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेसबुके सम्वन्धले निम्त्यायो यस्तो समस्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फेसबुके सम्वन्धले निम्त्यायो यस्तो समस्या

Artha Sarokar

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – फेसबुकमा आइलागेको विदेशीसँग कुरा नबुझी आर्थिक कारोबार गर्दा हुनेखाने परिवारका महिला नै फन्दामा परेका छन् । ठग्ने कहाँ छ कहाँ  ठगिनेहरु प्रहरी हिरासतमा छन् ।
धादिङस्थित युथ फाउण्डेसनमा काम गर्ने सम्झना श्रेष्ठ ९नाम परिवर्तन० सँग फेसबुकमा आइलागेका थिए, जर्मन घर भई लण्डनमा कण्डक्टर इन्जिनियर हुँ भन्ने केनी जोनसन । फ्रेन्ड रिक्वेस्ट आयो, सम्झनाले स्वीकारिन् ।
केही दिन म्यासेन्जरमा कुरा हुँदा केनी सामान्यरुपमै प्रस्तुत भइरहेका थिए । तर, केही दिनपछि सम्झनाको नेपालको ठेगाना मागे । किन रु भनी सोध्दा ‘म पनि नेपाल आउँछु । नेपालमा मलाई एउटा घर किनिदेऊ । तिमीलाई पैसा र राम्रो–राम्रो गिफ्टहरु पठाउँछु । जर्मन घुम्न लान्छु’ जवाफ पाइन् । अरु त यस्तैउस्तै हो, गिफ्ट नै पठाउँछ भने ठेगाना दिएर के नै बिग्रिएला भनी ठेगाना पाइन् ।
केही दिनपछि केनीले खबर गर्यो, सामान दिल्लीमा आएको छ भनेर । एउटा कार्टुनमा विभिन्न गिफ्ट आइटम र ५० हजार पाउण्ड पैसा छ भन्यो । त्यो सामान पाउन भारतमा पाँच सय अमेरिकी डलर पठाउनुपर्ने खबर आयो । ५० हजार पाउण्ड हात लाग्छ भने पाँच सय अमेरिकी डलर के ठूलो कुरा भयो र रु
सम्झनाले पठाउने के उपाय छ भनी सोधिन् । केनीले त्यहाँको कष्टम अफिसबाट फोन आउँछ भने । नभन्दै फोन आयो, भारतीय नम्बर ००९१९७१८७६७९४४ बाट । फोन गर्नेले, ‘म तपाईंलाई नेपालको खाता नम्बर दिन्छु’ भन्दै नबिल बैंकमा रहेको रमिता महर्जनको ४६१००१७५०४४१९ पठाइदियो । नबिल बैंकको बानेश्वर शाखाबाट सम्झानाले उक्ता खातामा ५४ हजार रुपैयाँ जम्मा गरिन् ।
पैसा त हालियो, तर सामान आए । किन आएन भनी सोधखोज गर्दा भारतीय नम्बरको मोबाइल रिसिभ गर्ने तीन व्यक्तिले त्यति पैसा नपुग्ने भयो भन्दै नेपाली रुपैयाँ एक लाख २७ हजार फेरि माग्यो । भोलिपल्ट बिदाको दिन । फेरि पर्सिपल्ट फोन आयो । चार प्रतिशत गभर्मेन्ट चार्ज लाग्छ भन्दै दुईलाख ७९ हजार नेपाली रुपैयाँ त्यही खातामा हाल्न भनियो ।
पछि भारतीय नम्बर रिसिभ गर्ने उसले पाउन्ड ‘साट्न तपाईंलाई अप्ठेरो पर्छ । त्यसैले म साटिदिन्छु’ भन्दै अरु पैसा माग्न थाल्यो । यसपछि सम्झनाले थप पैसा नडुबाउने निर्णय गरिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी