×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्षौंदेखि जनतालाई ‘वेवकुफ’ बनाइरहेछ ‘फेयर एण्ड लभ्ली’, होस् गर्नुहोस्, क्यान्सर होला…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बर्षौंदेखि जनतालाई ‘वेवकुफ’ बनाइरहेछ ‘फेयर एण्ड लभ्ली’, होस् गर्नुहोस्, क्यान्सर होला…!

Artha Sarokar

२८ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • इन्भेष्टिगेसन ब्युरो / अर्थ सरोकार डटकम 

केहि समयअघि टेलिभिजनहरुमा एउटा विज्ञापन निकै बज्थ्यो, ‘१५ दिनमा आफ्नो छालालाई गोरो बनाउनुहोस्।’ टेलिभिजनमामात्र होइन थुप्रै पत्रपत्रिकामा फेयर एण्ड लाभ्लीले १५ दिनमै छाला गोरो बनाउनेसम्मका विज्ञापन छापिन्थे । त्यसपछि फेयर एण्ड हेन्डसम नामक पुरुषलाइ भन्दै गोरोपन बढाउने क्रिम भन्दै नेपाली बजारमा समेत ‘प्रोडक्ट’ भित्र्याइयो । धेरैले आफ्नो छालालाई गोरो बनाउने बहानामा फेयर एण्ड लभ्ली बर्षौंसम्म पनि प्रयोग गरे । तर कसैको पनि कालो छाला गोरो भएन । 
होस् पनि कसरी, फेयर एण्ड लभ्लीले जनतालाई ‘बेवकुफ’ बनाइरहेको थियो ।  अहिले फेयर एण्ड लभ्लीले त्यस्तो झुटो प्रचार त गर्न छोडेको छ, तर पनि नेपालमा फेयर एण्ड लभ्ली र गोरो बनाउने नामका यस्ता क्रिमहरु अझै विक्री भइरहेको छ । ‘के यस्ता क्रिमहरुले कालो छालालाई गोरो बनाउलान् त ? ‘ यो प्रश्नको सहज उत्तर हो, ‘बनाउँदैन । ‘ यो सब झुटको खेती हो। ‘
विज्ञानले अझैसम्म कालो छालालाई गोरो बनाउने औषधी पत्ता लगाएको छैन : विशेषज्ञ
यता विभिन्न छाला रोग विशेषज्ञहरूले भने हालसम्म कालो छालालाई गोरो बनाउने क्रिम नबनेको बताएका छन् ।  ‘मेडिकल साइन्सले आजसम्म कालो छालालाई गोरो बनाउने कुनै तरीका र औषधीहरू हालसम्म पत्ता लगाएको छैन । अहिले नेपाल तथा भारतमा कालो छालालाइ गोरो बनाउने भन्दै आएका विभिन्न क्रिमहरुले झुटको खेती गरिरहेका छन् । त्यो एकदम ‘हावा’ कुरा हो । रंग भनेको ‘मेलानोसाइट्स’ नामक कोशिकाहरूमा हुन्छ, जुन छालाको भित्री सतहमा पाइन्छ । मेलानोसाइट्सको मात्रा बढी हुनेहरु काला हुन्छन् भने कम हुनेहरु गोरा । यो धेरै हुनु वा थोरै हुनु‘जीन्स’ मा निर्भर हुन्छ ।’ छाला विशेषज्ञ सुमन केसी भन्छन् । 
के हुन्छ त फेयर एण्ड लभ्ली लगायतका गोरो बनाउने दावी गर्ने क्रिममा ? 
‘गोरोपन बढाउने भन्ने दावी झुट हो । तर ‘हाइड्रोक्विनोन’ प्रयोग भएका क्रिमहरुले सुर्यको विकिरण लगायतका कारणले कालो बनेका छालालाई पुरानै तहसम्म ल्याउन सक्छ । तर छाला गोरो बनाउनेचाहिं होइन ।’ छाला विशेषज्ञ अगाई भन्छन्, ‘अझसम्म कोहि पनि फेयर एण्ड लभ्ली वा यस्ता क्रिमहरु लगाएर गोरो भएको छैन र हुँदैनन् पनि । स्वास्थ्यको ख्याल राख्न केहि क्रिमहरु प्रयोग गर्नु नराम्रो होइन । तर यस्ता क्रिमहरु प्रयोग गर्दा डाक्टरको सल्लाह लिनुपर्छ । सामान्यतया यस्ता क्रिम उही प्रकृतिका हुन्छन्।  तर मानिसहरुको छाला फरक फरक प्रकृतिका हुन्छन् । त्यसैले यस्ता क्रिमहरुबाट सचेत हुनुपर्छ ।’ केसीले अर्थसरोकारसँग भने ।   
के हानी गर्छ त फेयर एण्ड लभ्ली लगायतका क्रिमले ?
गर्न सक्छ । यस्ता क्रिमहरु डाक्टरको सल्लाह विना जुनसुकै छालामा प्रयोग गरेको खण्डमा क्यान्सरसम्म पनि हुन सक्छ । यस्तै साइड इफेक्टका कारण भारतका कतिपय ठाउँहरुमा गोरो बनाउने भनेर बजारमा आएका क्रिमहरु प्रतिबन्धित समेत छन् । नेपालमा समेत यसको प्रयोग कम भइनै रहेको छ । तर अझै पनि कतिपय ठाउँमा यस्ता उत्पादनहरु विक्री भइरहेका छन् । जुन डाक्टरको सल्लाह विना प्रयोग गर्नु गलत हो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी