
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सल्लेरीस्थित कारागार नजिकै बिहीबार अपरान्ह आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। करिब ४ बजे सुरु भएको आगलागी करिब दुई घन्टापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
विराज तामाङको घरको भान्छाबाट सुरु भएको आगोले सँगै जोडिएका चन्द्रकला राई र शरण राईको घर पनि जलेर नष्ट भएको छ। चन्द्रकलाको घरमा रहेको मीनाक्षी होटल र विराजको घरमा रहेको एउटा किराना पसलसहित अन्य सबै धनमाल जलेर नष्ट हुँदा एक करोड ३७ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
आगो फैलन नदिन सँगै रहेको यामकुमारी राईको घर भत्काइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्