
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – काठमाडौं तेह्रथुमको संक्रान्ति बजारमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ। शुक्रबार विहान करिब साढे ११ बजे स्थानीय अग्नि सेढाईंको घरमा ग्यास चुहिएर लागेको आगो नजिकका १० वटा घरमा समेत सल्किएको थियो ।
करिब दुई घण्टापछि मात्र स्थानियवासी र प्रहरीले आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिए। आगो नियन्त्रणमा लिन पाँचथरबाट समेत प्रहरीको सहयोग लिइएको उनले बताए।
आगलागीबाट मानवीय क्षति नभएपनि १० वटा घरका धेरैजसो सामान जलेको छ। आगलागीबाट कति रकमको धनमाल जलेको भन्ने विवरण संकलन भइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्