×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फर्नेक्स नेपाल २०१६’ आजबाट शुरू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘फर्नेक्स नेपाल २०१६’ आजबाट शुरू

१८ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा शुक्रवारबाट चौंथो ‘फर्नेक्स नेपाल २०१६’ मेला शुरू भएको छ । मेला मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन नेपाल चेम्वर्स अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष पशुपती मुरारकाले संयुक्त रुपमा गरे ।

मेला काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । मेलामा दर्शकको सहभागिता उल्लेख्य रहेको छ । सो मेलामा २३ ओटा साना तथा ४४ ओटा ठूला स्टल रहेकोे नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष कवीन्द्र जोशीले जानकारी दिए ।

ती ६७ ओटा स्टलमध्ये ३७ ओटा स्वदेशमा उत्पादित वस्तुहरू तथा ३० ओटा विदेशमा उत्पादित वस्तुहरूका छन् । यससँगै सङ्घले इण्टेरियर डिजाइन प्रतियोगिता ९आईडीसी–२०१६०को पनि आयोजना गर्न लागेको छ । यो प्रतियोगिता विद्याथीहरूबीच गराइने कार्यक्रम छ ।

मेलामा विभिन्न फर्निसिङका सामग्री, अफिस तथा घरायसी फर्निचर, वास्तु परामर्श, होम एप्लायन्सका साथै घर सजाउने अन्य सामग्रीहरू प्रदर्शन गरिनेछ । मेलाले फर्निचर र फर्निसिङसँग सम्बन्धित व्यवसायी, उत्पादक, विक्रेता, क्रेता र सम्बन्धित अन्य पक्षलाई एकै ठाउँमा भेला गरी प्रत्यक्ष भेटघाट गराउने जोशीले बताए ।

 एक्स्पोले नेपाली बजारमा उपलब्ध फर्निचर तथा फर्निसिङका सामग्रीबारे उपभोक्तालाई जानकारी दिनुका साथै स्वदेशी तथा आयातित सामग्री एकैसाथ प्रवद्र्घन गर्न पनि टेवा पुग्ने उनको भनाइ छ । उपभोक्ताले यस मेलामा सामानको मूल्य, गुणस्तर, डिजाइनलगायत विषयमा राम्रोसँग बुझेर खरीद गर्न पाउनेछन् ।

फर्नेक्स नेपाल २०१६ मेलाको शीर्ष प्रायोजक सान फर्निचर रहेको छ । त्यस्तै, मुख्य प्रयोजकमा यती फ्लोरिङ र जेम फ्लोरिङ रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी