स्वास्थ्य मन्त्रालयले आगामी १ पुसबाट देशैभरका अस्पताललाई सेवा निःशुल्क गर्न निर्दैशन दिए पनि निजी अस्पताल सञ्चालकहरुले त्यसलाई सहज मान्ने आधार नभएको बताएका छन् ।
निजी तथा सामुदायिक अस्पताल सञ्चालकहरुको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले निजी क्षेत्रका चुनौतीलाई समाधान गरेमात्रै स्वास्थ्य मन्त्रालयको निर्देशन मान्ने स्पष्ट पारे ।
हचुवाको आधारमा सेवा नदिने भन्दै उनले भने, ‘निजी अस्पतालहरुको समस्याबारे मन्त्रालय गम्भीर नबन्ने अनि जबरजस्ती निःशुल्क सेवा दिनुपर्छ भन्ने कुरा हामीलाई मान्य हुने छैन । हाम्रा केही समस्या छन्, तिनको समाधान भए मात्र निर्देशन पालना गर्छौै ।
- एस काठमाडौं