×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशिष्ट व्यक्तिहरुको उपचार खर्चमा रोक,विदेश उपचारका लागि १५ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विशिष्ट व्यक्तिहरुको उपचार खर्चमा रोक,विदेश उपचारका लागि १५ लाख

९ पुष २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले देशका गरीब नागरिकहरुका लागि पनि उपचार खर्च जुटाउने तयारी थालनी गरेका छन् ।
स्वास्थ्यमन्त्री थापाले नागरिक उपचार सहायतासम्बन्धि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेका बताएका छन् । अब, अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव पास भएर आए नागरिकले उपचार खर्च वापत ५ लाख पाउने थापाले बताए ।
उता, सरकारले पूर्वविशिष्ट तथा विशिष्ट व्यक्तिहरुलाई मनोमानी ढङगले उपचार खर्चवापत करोडौं रकम उपलव्ध गराइदै आएको कार्यविधि संशोधनसहित पारित गरिएको छ । शुक्रबार मन्त्रिपरिषद्को विधेयक समितिले संशोधनसहित पारित गरेको हो । यससँगै स्वास्थ्य मन्त्रालयले राष्ट्रका पूर्व तथा अन्य विशिष्ट व्यक्तिका लागि १५ लाख मात्रै उपचार खर्च दिने नीति अगाडि बढाइएको छ ।
विशिष्ट व्यक्तिहरुलाई विदेश उपचार खर्च वापत १५ दिने निर्णयपछि विशिष्टहरुले स्वदेशमा उपचार गरेको खण्डमा भने स्वास्थ्यमन्त्रालयले उपचार खर्च उपलब्ध नगर्ने भएको छ । त्यस्तै, साहित्य,संगीत,कला,राजनीति, सार्वजनिक प्रशासनलगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदाना पुर्याएका व्यक्तिहरुलाई रोगको प्रकृति हेरी पाँच लाख उपचार खर्च दिने भएको छ ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी