×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ल हेर्नुस् चीनमा ज्ञानेन्द्रको अति गोप्य भेटको तस्वीर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ल हेर्नुस् चीनमा ज्ञानेन्द्रको अति गोप्य भेटको तस्वीर

२७ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर छिमेकी चीनमा गरेको उच्चस्तरीय राजनीतिक भेटघाटसम्बन्धी अति गोप्य तस्वीर काठमाण्डु टुडेले फेला पारेको छ ।
तस्वीरमा ज्ञानेन्द्रका साथमा चिनियाँ कम्युनिष्ट पार्टीका एकजना स्थायी समिति सदस्य, पार्टीकै अर्का नेता तथा बुहारी हिमानी छिन् । गत कात्तिक २४ मा नेपाल छाडेका ज्ञानेन्द्र सिंगापुर, दिल्ली, बेइजिङ हुँदै पुनः सिंगापुर पुगेर तीन सातापछि स्वदेश फर्केका थिए ।
सिंगापुर, भारत तथा बेइजिङमा ज्ञानेन्द्रले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको समाचारहरु आएका थिए । स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँगको भेटमा ज्ञानेन्द्रले नेपालमा राजनीतिक दलहरु असफल बन्दै गएकाले आफू अघि सर्न खोजेको संकेत गर्दै त्यसका लागि सहयोगको आग्रह गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीले समेत ज्ञानेन्द्रको भ्रमणलाई उच्च महत्व दिएको तस्वीरबाटै प्रष्ट हुन्छ । गत साता सम्पन्न माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेन्द्रको चीन र भारत भ्रमणलाई प्रतिगामी चलखलेको संज्ञा दिँदै सजग रहनुपर्ने बेला आएको बताएका थिए ।

  • काठमाडौँ  टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: