
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – देशमा संविधान जारि भएयता धेरै पटक भारत र थाइल्याण्डको भ्रमण गरिसकेका पुर्वराजा ज्ञानेन्द्र शाह फेरी भारत भ्रमणमा जाने भएका छन् । पछिल्लो समय भारतीय शासक बर्गसँग राम्रै हिमचिम बढाएका पूर्वराजा ज्ञानेन्द्र शाह एक धार्मिक कार्यक्रममा भाग लिन भारत जान लागेका छन् ।
भारतको उडिसास्थित गोवद्र्धन पीठमा पुजा गर्न उनी भारत जान लागेका हुन् । गोवद्धर्धन पीठमा पूर्ति स्थापना गर्ने मिति ५माघ ५ देखि ७ गते सम्म भएपनि उनी भने महिले नै जाने भएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह उडिसा पुग्नु भन्दा पहिले दिल्लीको नोयडामा बस्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । उनले त्यही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । तर कुन कुन नेताहरुसँग भेटघाट गर्ने त्यो भने अझै थाहा हुन सकेको छैन । भारतीय जनता पार्टीसँग निकै निकट देखिएका पूर्वराजालाई भारतीय गृहमन्त्री राजनाथ सिंहले भेट गर्ने कार्यक्रम भने तय भइसकेको स्रोतले बताएको छ ।
पूर्वराजा एक्लै भारत भ्रमणमा जाने तयारी गरेका छन् । केही समय पहिले थाइल्याण्ड जाँदा पनि उनी गोप्य भेटघाटका लागि सुरक्षा पीएसो समेत नलिई गएका थिए । यसपटकको भारत भ्रमणमा पनि उनी सुरक्षा पिएसो समेत नलिई जान लागेको स्रोतले बताएको छ ।
नेपालमा पुर्वराजा ज्ञानेन्द्रलाई सामान्य नागरिक भएपनि भारतमा उनलाई हिन्दुराष्ट्रका प्रतिकका रुपमा हेरिन थालिएको छ । पछिल्लो समय भारतमा हुने कुनै पनि धार्मिक सभामा उनलाई निम्तो दिने गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्