×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन करोडको लागतमा अदुवा प्रशोधन कारखाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तीन करोडको लागतमा अदुवा प्रशोधन कारखाना

१७ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाँके – बाँके वनकट्वामा झण्डै रू. तीन करोड लागतमा अदुवा प्रशोधन कारखाना स्थापना हुने भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा नवजीवन एग्रो प्रालि, कोहलपुरले वनकट्वा ५ मा अदुवा कारखाना स्थापना गर्ने भएको हो ।
अदुवाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा निर्यात बढाउन, स्वदेशमा रोजगार र आम्दानीको अवसर प्रदान गर्न कारखानाको स्थापना गर्न लागिएको प्रालि अध्यक्ष दिपकराज भण्डारीले जानकारी दिए । उनका अनुसार ताजा अदुवा, सुठो, धुलो, पाउडर, पेष्ट लगायतका सामग्रीहरु उत्पादन गरी बजारमा पठाइनेछ । अदुवा व्यवसायी सङ्घ मार्फत बजारीकरणलाई अगाडि बढाइने उनको भनाई छ ।
अदुवा कारखानाका लागि नवजीवन प्रालिमा ‘जिन्जर प्रोसेसिङ एण्ड मार्केटिङ’ उपआयोजना लागू गरिएको छ । उपआयोजनाको लागत २ करोड ९० लाख १३ हजार २ सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ । जसमध्ये ६७ लाख २३ हजार ८७ रुपैयाँ ९ पैसा रिजमएफपीको सहयोग छ भने बाँकी २ करोड २२ लाख ९० हजार १ सय ६९ रुपैयाँ ७४ पैसा प्रालिले व्यहोर्नेछ ।
प्रालिले अदुवा कारखानाका लागि दैलेखका २ ओटा, सुर्खेत र सल्यानका १÷१ ओटा सहकारी गरी ४ ओटा सहकारीसँग अदुवाका लागि सम्झौता समेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी