- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पाचौ दिन बिहिबार पनि सुनको मूल्य घटेको छ। बुधबार प्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर ५२ हजार १ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी भने स्थिर रहदै प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ६ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ४ सय ५५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपियाँ ७५ पैसामा कारोबार भई रहेको छ ।