- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५३ हजार मा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी स्थिर रहदै ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
यो साताभरमा छापावाल सुनको मूल्य १ हजारले बढेको छ। साताको पहिलो दिन आइतबार १० गते ५२ हजार रहेको छापावाल आज अन्तिम दिन शुक्रबार ५३ हजार पुगेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ४ सय ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार २ सय २५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६ रुपियाँमा कारोबार भई रहेको छ ।