- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । आइतबार ५४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा २ सयले घटेर प्रति तोला ५३ हजार ८ सय मा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरिएको छ।