Skip to content
LAXMI SUNRISE BANK

बढ्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ  । बुधबार प्रति तोला  ५३ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज बिहिबार तोलामा १  सयले बढेर प्रति तोला ५३ हजार ४  सयमा  कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५  हजार ७  सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ५  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६ रुपैयाँ  कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK