
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जाजरकोटमा सरकारी गाडीमा २ सय ५ राउन्ड गोली फेला परेको छ। जिल्ला शिक्षा कार्यालय जाजरकोटको ना २ ख १००५ नम्बरको गाडीमा सवार खगेनकोट ३ का मिलन शाहीको झोलाबाट उक्त गोली छेडाबाट प्रहरीले बरामद गरेको हो। छेडा प्रहरीले चेकजाँच गर्ने क्रममा थलह बजारबाट फर्कदै गरेको सरकारी गाडीमा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ।
मिलनसहित उक्त गाडीमा चढेका ८ जनालाई अनुसन्धानका लागी प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए। झाप्रास्थित एक विद्यालयको कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनन्जय आचार्य तथा स्रोत ब्यक्तिहरु टेकबहादुर थापा र भक्त बहादुर मल्ललाई दशेराको थलह बजार लिएर गएको कार्यालयको गाडी फर्कने क्रममा उनीहरुले लिफ्ट माग्दै चढेका थिए। एम सिक्सटिन अथवा इन्सास राइफलको गोली हुन सक्ने प्रहरीले जनाएको छ।
मिलन नेत्रविक्रम चन्द निकट माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त गोली कहाँ के का लागी लैजान लागिएको हो केही खुलेको छैन। प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार २ महिला सहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याउन थालेको छ। छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिम पर्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्