
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ- गुल्मी सदरमुकाम तम्घासमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा सांसदसहित २० भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालयमा संयुक्त संघर्ष समितिले लगाएको ताला प्रहरीले खोल्ने क्रममा आन्दोलनकारीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो। झडपका क्रममा आन्दोलनको नेतृत्व गरेकी नेकपा मालेकी सांसद कमला बिकसहित २० भन्दा बढी आन्दोलनकारी घाइते भएको संघर्ष समितिले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
झडपमा ४ जना प्रहरी समेत घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडपमा गम्भीर घाइते भएका नेपाल तरुणदल रेसुङ्गा नगरकमिटीका अध्यक्ष कृष्ण पाण्डेलाई थप उपचारको लागी पाल्पा पठाइएको छ। झडपमा प्रहरी र आन्दोलनकारीको टाउको, हात, खुट्टामा चोट लागेको छ।
अन्य घाइतेहरुको जिल्ला स्थित रेसुङ्गा हस्पिटल, तम्घास अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आन्दोलनकारीलाई लखेट्न २० भन्दा बढी सेल अश्रुग्यास समेत हानेको थियो। आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन्। बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो।
स्थानियको भावनाअनुसार भइरहेको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको विरोधमा नाराबाजी गर्दै सरुवाको माग गरेका छन्। केही दिनदेखि गुल्मीमा बसेर आन्दोलनको नेतृत्व गरेकी नेकपा मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन्।
प्रदेश नम्बर पाँचका तराई र पहाडका जिल्ला अलग गर्ने गरी संसदमा दर्ता भएको प्रस्तावको विरोधमा गुल्मी सत्र दिनदेखि बन्द छ। यस्तै संघर्ष समितिले आह्वान गरेको हडतालका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम र बाँकेको जनजीवन प्रभावित भएको छ। यी जिल्लाहरुमा शुक्रबार शैक्षिक संस्था, बजार खुलेनन्। गाडी पनि बन्द छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्