×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीका प्रजिअ माफी माग्न बाध्य भए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुल्मीका प्रजिअ माफी माग्न बाध्य भए

Artha Sarokar

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले माफी मागेका छन् । प्रहरी प्रशासनबाट प्रहरी र बन्दकर्ताबीच भएको झडप प्रति दुख व्यक्त गर्दै उनले प्रहरी र प्रशासनबाट कमजोरी भएको स्वीकार गर्दै माफी मागेका हुन् ।
शनिवार सांसद कमला बिश्वकर्मासहित संयुक्त संघर्ष समिति, विभिन्न राजनीतिक दलका प्रमुखहरु लगायतको उपस्थितिमा बसेको बैठकमा प्रजिअ ढुंगानाले आगामी दिनमा यस्ता घटना नदोहोरिने बताए ।
शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला प्रशासनमा ताला लगाउन खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो ।
संयुक्त संघर्ष समितिले घटनामा प्रमुख जिल्ला अधिकारी ढुंगाना दोषी भएको भन्दै माफी माग्नु पर्ने माग राखेको थियो । प्रजिअले माफी नमागेका अन्य विषयमा छलफलन नहुने उसको अडान थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी