
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संविधान संशोधन विधेयकमा ५ नम्बर प्रदेशबाट पहाडी भूभाग अलग गर्न प्रस्ताव गरिएको विरोधमा गुल्मीमा आइतबार अन्य दिनभन्दा नौलो विरोध कार्यक्रम गरेका छन् । कार्यक्रमका सहभागीले हातमा माटो लिएर सपथको ब्यहोरा पढे र संविधान संशोधन विधेयकको विरोध गरे।
संयुक्त संघर्ष समितिको आयोजनामा गुल्मी सदरमुकाम तम्घासमा भएको कार्यक्रममा आन्दोलनरत राजनितिक दल, नागरिका समाज, पत्रकार र स्थानीयवासीले सथप लिए। तम्घासको लाकुरी मञ्च संयुक्त संघर्ष समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले सबैलाई हातमा माटो छोपेर एउटै भाष सपथ ग्रहण गराएका थिए।

स्थानीयले लिएको सपथमा सबैले आ–आफनो नाम सहित नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र सबै जातजाती, भाषाभाषी र संस्कृतिका जनताबीचको अटुट एकताका लागि निरन्तर प्रयत्नशील रहनेछुु लेखिएको छ। सपथमा नेपाली समाजलाई विखण्डन गर्ने तथा जनता जनताबीच विद्वेष सिर्जना गर्ने सबै दुष्प्रयासका विरुद्ध दृढतापूर्वक उभिइरहनेछु उल्लेख छ। पहाड र तराई मधेसलाई अलग हुन नदिन तथा ५ नम्बर प्रदेशलाई अखण्ड राख्न सम्झौताहीन संघर्ष गरिरहने छु।
राष्ट्रिय एकता जिन्दवाद, सामाजिक सद्भाव कायम राखौ, नेपाल र नेपालीको जय होस्ु भन्दै स्थानीयवासीले समथ लिएका छन्। सपथ ग्रहणपछि बोल्ने अधिकांश नेताले यस प्रदेशलाई टुक्रिनबाट बचाउन दृढ रहेको बताए। गुल्मीमा २६ दिनदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम हुँदै आएका छन्।
जिल्लाको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्