×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमांकन हेरफेरको विरुद्धमा गरिएको गुल्मी बन्दको आज दशौं दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सीमांकन हेरफेरको विरुद्धमा गरिएको गुल्मी बन्दको आज दशौं दिन

Artha Sarokar

२४ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – सरकारले संविधान संसोधन मार्फत गरेको सिमांकन हेरफेरको विरुद्धमा सुरु गरिएको अनिश्चितकालिन बन्दले गुल्मीको जनजीवन थप कष्टकर बन्दै गैरहेको छ ।
सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलगायत पहाडी जिल्लाहरुलाई टुक्राउन लागेको भन्दै गरिएको अनिश्चितकालीन गुल्मी बन्दको शुक्रबार १० औं दिन पुगेको छ । १० दिनको लामो बन्दले गुल्मीको जनजीवन अस्तव्यस्त बनेको हो ।
आन्दोलनको १० औं दिन शुक्रवार संयुक्त आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा जिल्लाका आठ वटा ग्रामिण क्षेत्रका मुख्य(मुख्य स्थानहरुमा विरोध सभाको आयोजना समेत गरिएको छ ।
बन्दका कारण जिल्लाका सम्पूर्ण शिक्षणसंस्था, बजार, उद्योग कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका छन् । आन्दोलनकर्ताहरुले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने र फरक–फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् ।
संयुक्त आन्दोलन परिचालन संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठका अनुसार संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म गुल्मी बन्दको कार्यक्रम यथावत् राखिने तथा धर्ना र प्रदर्शनलाई समेत अझ सशक्त बनाउँदै लैजाने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी