Skip to content
LAXMI SUNRISE BANK

२० दिनपछि खुलेको गुल्मी फेरि बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – संविधान संशोधन विधेयकको विरोधमा २० दिनसम्म बन्द रहेको गुल्मी खुलेको १२ घण्टा नबित्दै फेरि बन्द भएको छ। युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लागाई दोषी उपर कारवाहीको माग गर्दै युवासंघ नेपालले गरेको लुम्बिनी बन्दको अह्वानले गुल्मी पनि ठप्प भएको हो।
संघर्ष समितिले धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले बन्द खुकुलो बनाएको १२ घण्टा नबित्दै गुल्मी पुन बन्दको चपेटामा परेको छ। 
 हत्याराको कारवाहीको माग गर्दै नाराबाजी गर्दै बन्दकर्ताले तम्घास बजार सहित जिल्लाका मुख्य बजारमा बन्द गराउदै हिँड्नाले जिल्लाको सदरमुकाम तम्घास सँगै ग्रामीण भेगका मुख्य बजार, शैक्षिक संस्था, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन्। युवासंघ नेपाल गुल्मीको आयोजनामा निस्कीएको जुलुसले गृहमन्त्री राजिनामा माग्नुका साथै, बिभिन्न नाराबाजीसहित तम्घास बजार प्रर्दशन गरेका छन्।
नाराबाजी सहित निस्किएको प्रदर्शनपछि कोणसभा समेत गरिएको छ। कोणसभामा बोल्ने युवा नेताहरुले बर्तमान सरकारले जनतालाई शान्तिको प्रत्यभूति दिलाउन नसकेको भन्दै, दोषी उपर कारवाहीको माग गरेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK