
काठमाडौं– काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् ।
३०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । सो क्रममा दुई पक्षीय झडप समेत भएको र असई सञ्जिव नापितसहित ५ प्रहरी घाइते भएका छन् । बिटमा सई विद्याधर चौधरीको कमाण्डमा प्रहरीहरु कार्यरत थिए ।
प्रहरीका अनुसार शनिबार राती नयाँबस्तीकै एक रेष्टुरेन्टमा भएको दुई पक्षीय झडपका क्रममा दोलखा चरिकोटका राजकुमार लामाको मृत्यु भएको थियो । झडपमा ट्याक्सी चालक लामा गम्भीर घाइते भएको र उनको नेपाल मेडिकल कजेल उपचारको क्रममा मृत्यु भएको थियो ।
उनकै आफन्त दोषीलाई कारबाहीको माग गर्दै बिटमा पुगेको र एकाएक तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ । हानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले अराजक गतिविधि गर्न संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । यस्तै उनले रेष्टुरेन्ट सञ्चालिका र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको बताए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्