×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व राजाको विज्ञप्तिबारे मन्त्रिपरिषद् बैठकमा कसले के भने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पूर्व राजाको विज्ञप्तिबारे मन्त्रिपरिषद् बैठकमा कसले के भने ?

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद्ले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको छ ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स् पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तिबारे पनि गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । यो गणतन्त्र र संघीयताविरुद्धको षड्यन्त्रकै उपज भएकाले सबै मिलेर यस्ता षड्यन्त्र चिर्नुपर्छ ।
गृहमन्त्री विमलेन्द्र निधि स् पूर्वराजाले आफ्नो सीमाभन्दा बाहिर गएर वक्तव्य जारी गरिरहेका छन् । उनी आफ्नो सीमाभित्र बस्नुपर्छ । पूर्वराजाले राजनीतिक वक्तव्य जारी गर्ने होइन । यस्तै हो भने दरबार हत्याकाण्डको फाइल खोजेर नयाँ किसिमले छानबिन अगाडि बढाउनुपर्छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशी स् पूर्वराजाको विज्ञप्ति गलत मनसायले आएको छ । तर, हामी यस्ता झिना–मसिना कुरामा अल्झनुभन्दा संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्छ ।
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर स् पूर्वराजाको वक्तव्यबारेमा सबै पक्ष गम्भीर बन्नैपर्छ । मुलुकमा गणतन्त्र र संघीयतालाई असफल पार्न विभिन्न खाले षड्यन्त्र देखिएकाले त्यसको सशक्त प्रतिरोध गर्न जरुरी छ ।
जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी स् पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति आउनु गलत हो, त्यसको प्रतिरोध गर्नैपर्छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: