×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वराजाबारे निधिको अभिव्यक्तिलाई लिएर कांग्रेसमा आपत्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूर्वराजाबारे निधिको अभिव्यक्तिलाई लिएर कांग्रेसमा आपत्ति

Artha Sarokar

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ – पूर्वराजा ज्ञानेन्द्रले मुलुकलाई विभाजनबाट बचाउन सार्वजनिक आग्रह गरेलगत्तै दरबार हत्याकाण्ड छानबिन गर्न सकिने भनि दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका केही नेताहरूले आपत्ति जनाएका छन् ।
पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‍याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरित हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले निधिलाई दिएका छन् । पार्टीको उद्धेश्य र नीतिअनुरूपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई बञ्चित नगर्न पनि उनीहरूले मन्त्री निधिलाई सचेत गराएका छन् । अन्नपूर्णपोष्टले खबर लेखेको छ ।
पार्टीको उद्देश्य र नीतिअनुरुपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई वञ्चित नगर्न पनि उनीहरुले मन्त्री निधिलाई सचेत गराए । कांग्रेस वरिष्ठ नेता एवं सांसद कुलबहादुर गुरुङले पूर्वराजाले एक सम्मानित नागरिकको हैसियतमा मुलुकमा भए–गरेका कार्यमा सोच्न र अभिव्यक्ति दिन सकिने बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी