×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञानेन्द्र र विप्लवलाई निगरानीमा राख्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्ञानेन्द्र र विप्लवलाई निगरानीमा राख्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – गृहमन्त्री विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव माओवादीका गतिविधिमा निगरानी राख्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री निधिले निर्देशन दिएको स्रोतले बताएको छ ।
मन्त्रीपरिषद बैठकमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्नुपर्ने प्रस्ताव गरेका निधिले उनीहरुको गतिविधि संघिय लोकतान्त्रिक गणतन्त्रविरोधी भएको भन्दै उनीहरुमाथी निगरानी राख्न निर्देशन दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले चिनियाँ, केही भारतीयसँग मिलेर षड्यन्त्र सुरु गरेको सुरक्षा प्रमुखहरुलाई बताए ।
केही सयमदेखि पुर्वराजा ज्ञानेन्द्र शाहले षड्यन्त्र सुरु गरेका छन् । उनी कोसँग भेट्छन् रु र कहाँ जान्छन रु त्यसको निगरानी बढाउनु प्रधानमन्त्रीज्युले पनि यही निर्देशन दिनुभएको छ, सुरक्षा प्रमुखहरुलाई गृहमन्त्री निधिले निर्देशनमा भने त्यस्ता कुनै हर्कत वा भेटघाट भए तत्काल सरकारलाई जानकारी गराउनु ।
पूर्वराजा ज्ञानेन्द्र शाहले देश बिखण्डनको दिशामा गएको बताउँदै राजनीतिक गतिविधिप्रति असन्तुष्टी जनाएका थिए । पूर्वराजाको बिज्ञप्तीमा सत्तापक्षिय दलहरु बढि सशंकित बनेका छन् । भने राजावादीहरु हौसिएका छन् । यही अवस्थामा पूर्वराजाले कुनैपनि गतिविधि गर्न सक्ने आशंका सरकारले गरेको छ ।
उता भ्रष्टाचारीलाई कालोमोसो दल्ने काम सुरु गरेको विप्लव माओवादीलाई पनि निगरानीमा राख्न गृहमन्त्रीले निर्देशन दिएका छन् । विप्लव माओवादीका गतिविधी अराजक भएको टिप्पनी गर्दै हतियार पनि प्रयोग हुनसक्ने सुरक्षा निकायलाई जानकारी गराएका छन् ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च परिसरमा कालोमोसो दलेपछि सरकार सशंकित बनेको हो । अन्य पूर्वमन्त्री र पूर्वकर्मचारीलाई कारवाही हुने सक्ने भन्दै सर्तक रहन गृहमन्त्रीले निर्देशन दिएको स्रोतले बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: