×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक र सरकारी निकाय ह्याकरको निशानामा : साइबर आतंकविरुद्ध लड्न छुट्टै ब्युरो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक र सरकारी निकाय ह्याकरको निशानामा : साइबर आतंकविरुद्ध लड्न छुट्टै ब्युरो

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलास भयो ।
केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारवाही चलाए पनि के कति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन । दुवै बैंकका ग्राहक र कर्मचारीसम्बन्धि ठूलो तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेपछि सुरक्षा निकाय झस्कियो ।
नेपालमा यसबाहेक समयसमयमा अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना भइरहेको छ । यस्तै सामाजिक सञ्जालमार्फत हुने ठगीमा प्रहरीले बिचौलिया पक्राउ गरेपनि मुख्य व्यक्ति समात्न सकेको छैन
यस्त साइबर अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय बेग्लै इकाइ स्थापनाको अन्तिम तयारी गरिरहेको छ । साइबर अपराधसम्बन्धि घटनाको अनुसन्धान, दोषी व्यक्ति वा संस्थालाई पक्राउ तथा नियन्त्रण, आफ्नै न्यायिक हिरासत र मुद्दामा राय तथा अभियोजनसहितको अधिकार प्राप्त साइबर ब्युरो स्थापना हुने भएको छ ।
देशकै साइबर सुरक्षामा हुने सक्ने सम्भावित खतरा रोक्न र भविष्यमा हुन सक्ने साइबर आतंकवादविरुद्ध कारवाहीका लागि डिआइजीको नेतृत्वमा व्युरो गठन हुन लागेको छ । यसमा ७० प्रहरी अधिकारीको दरबन्दी रहने आजको नागरिक दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: