×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोलार,इन्भटर व्यापारीसँग मासिक करोडौं असुल्थे यी हाकिमहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोलार,इन्भटर व्यापारीसँग मासिक करोडौं असुल्थे यी हाकिमहरु

Artha Sarokar

१७ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका यस अगाडिका प्रमुख मुकेश काफ्लेले भार प्रेषण केन्द्रका तत्कालीन प्रमुख भुवनकुमार खत्रीलाई सात घण्टा दैनिक विद्युत् कटौती गर्न दैनिक जसोनै निर्देशन दिने गरेको रहस्य खुलेको छ । यिनीहरुले यसरी विजुली कटौती गरेर करोडौं असुल्ने गरेको तथ्यको समेत खुलासा भएको छ । 
काफ्लेको योजनामा प्राधिकरणलाई डुबाउन लागिपर्ने अर्का व्यक्ति हुन् शेरसिंह भाट । आयोजना अगाडि बढ्न नदिने, प्राधिकरणमा जागिर खाएर व्यक्तिगत कम्पनीको स्वार्थमा काम गर्ने, आयोजनाको समय र लागत बढाउने तथा प्रणाली सुधारलाई कहिल्यै पनि ध्यान नदिने, केवल रोक्ने मात्रै क्षमता रहेका भाट स्वयम् भने लोडसेडिङका कारण मोडल बनेका थिए ।
प्राधिकरणका शेरसिंह भाट बताउँदै उनले ठेकेदार र जल माफियाको स्वार्थअनुसार नै काम गर्ने गरेका थिए । यसको कारण रहेछ खत्रीले भने लोडसेडिङ गराइदिएपछि जेनेरेटर व्यापारी, सोलार व्यापारी, इन्भटर तथा व्याट्री व्यापारीले मासिक एक करोड भन्दा बढी रकम काफ्ले र भाटलाई उपलब्ध गराउने गर्दथे । त्यसमा उनीहरुले मिलीजुली गरेर बाडेर लिन्थे । पैसा बाडचुड गर्नका लागि होटल हिमालयको स्वीट रुप भाडामा लिइएको थियो ।
यस्तै कन्हैयलाल मानन्धर, लेखनाथ कोइराला, रामगोपाल शिवाकोटी पनि प्राधिकरण डुबाउने प्रमुख मतियार रहेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी