
एजेन्सी – सुन्दा अनौठो लाग्न सक्छ तर विश्वचर्चित वैज्ञानिक स्टेफन हकिङ्ग्सले यस्तै अनौठो घोषणा गरेका छन् । उनले अबको एक हजार बर्षमा यो धर्ती नष्ट हुने भन्दै मान्छे बस्नका लागि नयाँ ग्रह खोज्नुपर्ने अनौठो घोषणा गरेका हुन् ।
अक्सफोर्ड युनियन डिबेटिङ्ग सोसाईटीमा प्रवचन दिँदै हकिङ्ग्सले मानव सभ्यता कायम राख्ने हो भने पृथ्वी छोडेर नयाँ ग्रहमा जानु पर्ने बताएको द डेली एक्सप्रेसले जनाएको छ । ‘मलाई लाग्दैन कि हामी यो धर्तीमा अब एक हजार बर्ष भन्दा बढी समय रहन सक्छौं, उनले भने, त्यसले हामीले दोस्रो ग्रहमा जानुपर्छ ।’
पृथ्वी निक्कै कमजोर भएकाले आउंदो एक हजार बर्षपछि यहाँ जीवन संभव नहुने भन्दै हकिङ्ग्सले कुनै दोस्रो ग्रहमा जानुपर्ने तर्क गरेका हुन् । धर्तीमा अर्को शताब्दीमा मान्छेले जलवायू परिवर्तन र आणविक आतंकवादको सामना गर्नुपर्ने पनि उनको दाबी छ । तर हकिङ्ग्सले आगामी समय अध्ययन अनुसन्धानका लागि भने राम्रो हुने बताएका छन् ।
सन् २००९ मा अमेरीकि अन्तरीक्ष संस्था नासाले धरती जस्तै ग्रहको खोजी अभियान समेत चलाएको थियो । नासाका अनुसार ४६ सय त्यस्ता ग्रह छन् जहाँ मानवको बसोबास बारे विचार गर्न सकिन्छ । नासाका अनुसार दुई हजार तीन सय ग्रहमा मान्छेले बसोबास गर्न सक्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्