Skip to content
LAXMI SUNRISE BANK

आठ थान हतियारसहित दुई व्यक्ति पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।  प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनिक हातहतियार बरामद गरेको हो।
 बरामद गरिएका हतियार सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने, प्रमुख अनुसन्धान अधिकृत जीवन खड्का, वकिल दिलबहादुर महत र जुम्लाका पत्रकार सञ्चारकर्मीको रोहवरमा सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा गज्र्याङ्कोट( ८ का वेदनराज थापा र उनका सहोदर दाइ कमलराज थापा रहेको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए।
  एकसाता अघि वेदनराज थापालाई सुराकी आधारमा काठमाडौंबाट पक्राउ गरी जुम्ला ल्याइएको र आइतबार मात्र उम्कने क्रममा उनका सहोदर दाइ कमलराज थापालाई नेपालगन्जमै पक्राउ गरी त्यहीबाट अनुसन्धान थालिएको काफ्लेले बताए। पक्राउ परेका दुवैबाट जानकारी लिएर गज्र्याङ्कोट गाविस–८ स्थित खर्क, ओडार, खेतको कान्ला, कोप्चा र माटोमा लुकाइएको अवस्थामा हतियार बरामद भएको हो।
  उनले थप दुई थान म्याग्जिनसहित बिएन ६४६५र२९६७ नं भएका अर्ध–स्वचालित एसएलआर दुई थान, प्लास्टिकको डब्बामा राखिएको एसएलआर हतियारमा प्रयोग हुने गोली २५ थान, ३०३ राइफलमा प्रयोग हुने गोली दुई थान, तीन राउन्ड गोलीसहित इन्डियन आर्मी कोर्ड नं १००० सि प्लस एलएसटी १।६५ एमएन अटोमेटिक पेस्तोल एक थान, नम्बर स्पष्ट नदेखिने हेर्दा त्यही कम्पनी जस्तो लाग्ने स्वचालित पेस्तोल एक थान, नम्बर नभएको पाँच वटा गोली प्रयोग हुने रिभल्वर ९सिक्सर० एक थान, त्यसैको गोली राउन्ड पाँच थान, नम्बर नभएको छ वटा गोली प्रयोग हुने रिभल्वर थान एक, कटुवा पेस्तोल थान दुई,  केप र फ्यूजसहितको डेटोनेटर सात थान र पेस्तोल सफा गर्ने गज ९रड० एक थान बरामद गरिएको छ।
 बरामद गरिएका हातहतियार द्वन्द्वकालमा लुटिएका हुनसक्ने भन्दै यसमा संलग्न व्यक्ति विशुद्ध अपराधी मनोवृत्तिका रहेको जिप्रका जुम्लाले जनाएको छ। पक्राउ परेका थापा दाजुभाइ अनुसन्धानको क्रममा दोषी ठहरिए हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK