×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकबाट पैसा झिक्दा १ लाखको गड्डीमा एउटा नोटनै अपुग ! प्रहरीसम्म पुग्यो केस !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० मंसिर २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकबाट पैसा झिक्दा १ लाखको गड्डीमा एउटा नोटनै अपुग ! प्रहरीसम्म पुग्यो केस !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मिति २०७३ मङ्सिर १९ गते हिमालयन बैंक टेकु साखाबाट निकालेको १५ लाखमध्ये एउटा बिटोमा १ हजार रुपैयाँ नपुगेपछि यसबारे उजुरी गर्दा बैंकले उल्टै नोट झिकिएको आरोप लगाएर आफ्ना ग्राहकलाई दुख दिने काम गरेको छ । हिमालयन बैंकको टेकु साखाबाट १९ गते धुर्ब गौतमले १५ लाख रुपैयाँ निकालेका थिए । ‘पैसा अपुग भएपछी मैले बैंकमा उजुरी दिएँ । तर बैंकका इन्चार्ज बनिता बास्तोलाले मलाइ उल्टै नोट निकालेको आरोप लगाउनुभयो । त्यसपछि मैले प्रहरीलाई खबर गरेको छु ।’ धुर्ब गौतमले अर्थ सरोकार डटकमसँग भने ।   
के भन्छिन् इन्चार्ज ? 
यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकको टेकु साखाकी इन्चार्ज बनिता बास्तोलाले गड्डीमा नोट अपुग भएको भएपनि त्यसमा बैंक जिम्मेवार नहुने बताएकी छिन् । ‘हामीले नोट गनेर लैजानुहोस् भनेकै हुन्छौं । ग्राहकले नोट नगनी लैजानु उहाँहरुकै कमजोरी हो । हिजो यहाँ बैंकमा नोट बढी भएको पनि छैन । गड्डीमा लगाइएको स्टिच पनि उक्काएर पुन: लगाइएको छ ।’ अव हामी कसरी जिम्मेवार हुने र ?’ अर्थ सरोकार डटकमसँग उनले भनिन् । 
‘त्यो स्टिच लगाउने काम त तपाईंहरुकै कर्मचारीहरुको हुन सक्छ नि ! होइन र ? भन्नें हाम्रो प्रश्नमा उनले भनिन्, ‘त्यहि भएर त नोट गनेर लैजानु पर्छ भनेको नि ! हामीले नोट गनेर लैजानुहोस्, पछी हामी जिम्मा लिंदैनौं भनेर लेखेकै हुन्छौं त !’ उनले भनिन् । बैंकले दिएको सबै गड्डीको नोट गन्ने भन्ने कुरा व्यावहारिक हुन्छ र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘त्यसै कारण यस्तो समस्या आयो ।’

प्रहरीसम्म पुग्यो केस :
यस बिषयमा इन्चार्ज बनिता बास्तोला र धुर्ब गौतमबीच कुरा नमिलेपछि गौतमले प्रहरी बोलाएका थिए । तर प्रहरीले आफुहरुले यस्तो केस हेर्न नमिल्ने बताएपछी धुर्ब गौतमले आफु अन्यायमा परेको बताएका छन् । ‘१ हजार रुपैयाँ गड्डीबाट हराएको छ । प्रहरीले हामीले यस्तो केस नै हेर्न मिल्दैन भन्यो । म अन्यायमा परें ।’ उनले भने ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: