×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वराजाले बुहारीलाई पनि नपत्याउँदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्वराजाले बुहारीलाई पनि नपत्याउँदा

Artha Sarokar

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – छोरा बिग्रेपछि बुुहारीको भर हुुन्न’ भन्ने आममानसिकता नै रहेछ पूर्वराजा ज्ञानेन्द्र शाहमा पनि । लागुऔषधको कुुलतले पारिवारिक जिम्मेवारीबाट पछि हटेका छोरा पारस साथमा नरहे पनि बुहारी हिमानी र तिनका लालाबाला निर्मल निवासमै छन् । तर,ती बुहारीप्रति पनि ज्ञानेन्द्रको उति धेरै भर नभएको बुुझाउँछ, एउटा आर्थिक कारोबारले ।
आफ्नो सम्पतिबाट नाति ह्रदयेन्द्र,नातिनीहरु कीर्तिका र पूूर्णिकाको नाममा विभिन्न ठाउँमा लगानी गरेका उनले कुुनै पनि ती लालाबालाको संरक्षक तिनका बाबुु–आमालाई बनाएका छैनन् । नेपालकै कानुुन अनुुसार पनि नाबालकमाथि पहिलो हक आमा र दोस्रो बावुुको लाग्छ ।
 यसविपरित ज्ञानेन्द्रले पत्नी तथा उनीहरुकी हजुुरआमा कोमलालाई संरक्षक बनाएर गरेका विभिन्न वित्तीय कारोवारका कागजातहरु जनआस्थालाई प्राप्त भएको आजको जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी