×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धिका लागि निर्वाचन अपरिहार्यः मन्त्री पाण्डे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समृद्धिका लागि निर्वाचन अपरिहार्यः मन्त्री पाण्डे

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताउनुभएको छ ।
पोखरा उपमहानगरपालिका– १७ पहलतरा र २४ दम्सादीलाई जोडने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार निर्वाचनका लागि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको प्रतिक्षामा रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि मुलुकका सबै राजनीतिक दल एक हुनुपर्ने बताउँदै संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सक्रियतामा हुने कुनै पनि विकास निर्माणका कार्य गुणस्तरीय र छिटोछरितो हुने गरेको बताउँदै उहाँले भन्नुभयो — विकास निर्माण कार्यमा सबै पक्षको सहयोग, समन्वय र सक्रियता आवश्यक रहेको छ ।
व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले झोलुङ्गे पुलले तत्कालीन आवश्यकता पूरा भए पनि दीर्घकालीन सुविधाका लागि फुस्रेखोलामाथि मोटरेवल पुल निर्माण प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा झोलुङ्गे पुल निमार्णका लागि आवश्यक जग्गा उपलब्ध गराउने हेमकुमार श्रेष्ठ, बेदनाथ आचार्य, पूर्णकला आचार्यलगायत जग्गादातालाई सम्मान गरिएको थियो ।
तोकिएको समय भन्दा पाँच महिना अगाडि निर्माण सम्पन्न भएको २७६ मिटर लम्बाइको सो पुल रु एक करोड २२ लाख ५० हजारको लागतमा निर्माण गरिएको हो । पुल निर्माणपछि पोखरा २४ का स्थानीयबासिन्दालाई पोखरा आवतजावतमा डेढ घन्टाको समय छोटिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: