
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संघीय मामला तथा स्थानीय विकाश मन्त्री हितराज पाण्डेले पुस ७ गते सम्म दलहरुकोबीचमा सहमति भई संसद अवरोध हट्ने बताएका छन् ।
मंगलबार राजधानीमा रिपोटर्स क्लव नेपालद्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सरकार निर्वाचनको तयारीमा लागेको बताउँदै पहिला स्थानीय निकायको चुनाव हुने बताए । उनले भने, सरकारले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पूर्नसंरचना आयोगले रिर्पोट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौ ।’
पाण्डेले संविधानको कार्यन्वयनको लागि पनि ०७४ माघ सम्म तिन तहकै निर्वाचन गरिसक्ने सरकारको तयारी रहेको बताए । उनले चैतभित्रै स्थानीय निकायको निर्वाचन गर्ने तयारी रहेको बताए ।
उनले विपक्षी दलहरुले गरेको सदन अवरोधका कारण निर्वाचन सम्बन्त्री कानुन तथा ऐनहरु संसदमा दर्ता हुन नपाएको भन्दै प्रतिपक्षीलाई सहमतिमा आउन आग्रह गरे । उनले प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीले सदन अवरोध हटाउन पहल गरिरहेको बताउँदै पाण्डेले दलहरुको बीचमा छिट्टै सहमति जुट्ने जिकिर गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्