Skip to content

गृहमन्त्रालयका सहसचिव,जस्लाई क्यालेण्डर समेत राम्रोसंग हेर्न आउदैन

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – हाम्रा कर्मचारी कतिसम्म जनताको कामप्रति संवेदनशील र जिम्बेवार छन भन्ने सानो  उदाहरण मात्र हो यो चाहिँ । शनिवार गृह मन्त्रालयले सार्वजानिक गरेको प्रेस विज्ञप्तीले सबै भन्दा बढी  हसाउने काम भएको छ ।
गृहमन्त्रालयले आइतबार इशाई धर्मावलम्बीहरुको महान पर्व क्रिस्टमसको अवसरमा सार्वजनिक विदा दिने भन्दै निकालेको विज्ञप्तिले गृह मन्त्रालयको वेइज्जती नै  गराएको छ ।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा अंग्रेजी क्यालेण्डर अनुसारको मितिमा गम्भीर त्रुटि भएको पाइएको छ ।
आइतबार पुस १० तदनुसार सन् २०१६ डिसेम्बर २५ तारिख हो, तर विज्ञप्तिमा पुस १० गते तदनुसार सन् २०१६ डिसेम्बर १० भनी गम्भीर गल्ती गरिएको छ ।
सार्वजनिक विदाको जानकारी दिने महत्वपूर्ण विज्ञप्तिमा यस्तो लापरबाही गृहमन्त्रालयबाट हुनुलाई कर्मचारीहरुको लार्पवाहीको रुपमा मात्र हेरिएको छैन यस्ले सिंगो कर्मचारीतन्त्रकै वेइज्जती समेत गराएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्