
काठमाण्डौ – स्तरीय र सुरक्षित उपचारका लागि आफ्नो आर्थिक हैसियतबाहिर गएर सुविधासम्पन्न तथा महँगा अस्पतालमा जानेको संख्या बढ्दो छ। रोगबाट मुक्तिको त्यो चाहनामा चिकित्सक भगवान् र अस्पताल एकमात्र आस्थाको केन्द्र बन्न जान्छ, बिरामी र उनका परिवारका लागि। लापरबाहीयुक्त उपचारको घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ।
त्यही क्रममा कति अपांगताको सिकार हुन पुगेका छन् भने केहीको मृत्युसमेत भएको छ । बुटवलका ३० वर्षीय सुदिव बिस्टको धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएपछि अस्पतालको लापरबाहीले ज्यान गएको आरोपसहित उनको परिवारले मुद्दा हालेको छ, जिल्ला प्रशासन कार्यालयमा, १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै ।
उपभोक्ता हित संरक्षण मञ्चको कानुनी सहायतामा उक्त परिवारले बिस्टको उपचार प्रक्रियामा लापरबाही गर्ने चिकित्सक र अस्पतालविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्