
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आज डिसेम्बर १० अर्थात ६८ औं विश्व मानवअधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारेखमा मनाइने दिवसको यसवर्षको नारा समष्टिगत रुपमा मानव अधिकार संरक्षणमा जुट्न अभिप्रेरित गरौं भन्ने रहेको छ।
विश्व मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मानव अधिकार संरक्षण र संवर्द्धनका लागि राज्यले नीतिगबत र संरचनात्मक कामहरु गरेको बताएकी छन्।
नेपालको संविधानले मानव अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुका साथै संविधान र कानूनले दिएका अधिकारको प्रत्याभूतिका लागि बिभिन्न संस्थागत संरचना, नीतिगत एवम् कानूनी व्यवस्था गरेको उनले बताएकी छन्।
सरकारले मानव अधिकारको यथोचित सम्मान संरक्षण र प्रवर्द्धनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन गरेको र ती संस्थाले क्रियाशील रही काम गरिरहेको पनि शुभकामना सन्देशमा जनाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्