Skip to content
LAXMI SUNRISE BANK

आज विश्व मानव अधिकार दिवस नेपालमा पनि मनाईदै

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आज डिसेम्बर १० अर्थात ६८ औं विश्व मानवअधिकार दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारेखमा मनाइने दिवसको यसवर्षको नारा समष्टिगत रुपमा मानव अधिकार संरक्षणमा जुट्न अभिप्रेरित गरौं भन्ने रहेको छ। 
विश्व मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मानव अधिकार संरक्षण र संवर्द्धनका लागि राज्यले नीतिगबत र संरचनात्मक कामहरु गरेको बताएकी छन्। 
 नेपालको संविधानले मानव अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुका साथै संविधान र कानूनले दिएका अधिकारको प्रत्याभूतिका लागि बिभिन्न संस्थागत संरचना, नीतिगत एवम् कानूनी व्यवस्था गरेको उनले बताएकी छन्। 
सरकारले मानव अधिकारको यथोचित सम्मान संरक्षण र प्रवर्द्धनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन गरेको र ती संस्थाले क्रियाशील रही काम गरिरहेको पनि शुभकामना सन्देशमा जनाइएको छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK