
- कृष्णा चौलागाईं
कुलमान घिसिङ । अध्याँरोमा बाँचीरहेका नेपालीहरुलाई उज्यालो दिने नेपाली नायक । एक सच्चा व्यवस्थापक । नेपाल विद्युत प्राधिकरणमा भइरहेको भ्रष्टाचारको पर्दाफास गरेर नेपाली जनतालाई उज्यालो बाँड्दै गरेका एक सच्चा नेपालीको छोरो । अहिलेको परिस्थितमा लोडसेडीङ नहुने काठमाडौँको कुनै कुनामा रहेर यो ब्लग लेख्न मिल्दैनथियो होला सायद उनले यो उल्लेखनीय काम नगरेको भए ।
तर जनतालाई सधैं अध्याँरोमा नै राखेर मोटाउन पल्केका हरुले गर्दा अहिले उनीमाथि नै षडयन्त्र भइरहेको छ । उनलाई जारी पनि हटाउन एउटा गिरोह नै लागेको छ । नेपाल विद्युत् प्राधिकरणका सञ्चालकहरुले कार्यकारी निर्देशक कुलमान घिसीङलाई असहयोग गर्न थालेका छन् ।
केहिदिन देखि निरन्तर रुपमा आइरहेका समाचारहरुलाई विश्लेषण गर्ने हो भने सञ्चालक र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विभिन्न आयोजना अघि बढाउनका लागि कम्पनी गठन गर्ने विषयमा विवाद बढेपछि प्राधिकरणका केही निर्णय प्रभावित हुने अवस्था आएको बुझ्न गाह्रो छैन । सञ्चालकको असहयोगले मुलुकलाई लोडसेडिङमुक्त बनाउने प्राधिकरणको योजना प्रभावित हुन सक्ने कुरामा पनि कुनै शंका छैन ।
पछिल्लो समयमा मनोज मिश्र, लक्ष्मण अग्रवाल र सुरज लामिछानेले कार्यकारी निर्देशकले ल्याएको प्रस्ताव पारित गर्न असहयोग जनाएका सुनिएको छ । कम्पनी प्रारुपमा आयोजना बनाउने कार्यकारी निर्देशकको योजनालाई सञ्चालकहरुले अस्वीकार गरेपछि विवाद बढेको खबरहरु बाहिर आएका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत व्यापार गर्न बेग्लै कम्पनी गठन गर्ने, आयोजना अध्ययन गर्न इन्जिनियरिङ कम्पनी बनाउने, माथिल्लो अरुण, दुधकोसी, तामाकोसी ५, माथिल्लो मोदी, उत्तरगंगालगायत जलविद्युत् आयोजना कम्पनीमार्फत अघि बढाउने योजना अघि सारेका थिए । यसमा किन बिरोध भएको हो ? अव हरेक नेपालीले बुझ्न ढिला गर्नु हुँदैन ।
प्राधिकरणबाट निर्माण भएका आयोजना निर्धारित समयमा नसकिने, रुग्ण भई लागत दोब्बर बढ्ने गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणका नाममा रहेको जलविद्युत आयोजना कम्पनी प्रारुपमा अघि बढाउने तयारी गरे त के बिगारे ? के यो देशकै लागि राम्रो कुरा होइन र ? यस्तै विद्युत व्यापार गर्न र आयोजनाको अध्ययन गर्नका लागि बेग्लै कम्पनी गठनको योजना छ । यसमा किन सबैले साथ् नदिने ? ऊर्जा मन्त्रालयले प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय ग्रीड कम्पनी लिमिटेड र विद्युत उत्पादनका लागि राष्ट्रिय विद्युत उत्पादन कम्पनी लिमिटेड गठन गरिसकेको छ । हामी जनताले पनि यसलाई सकारात्मक नै रुपमा लिएका छौं ।
के यो देश साँच्चै सतिले सरापेको देश हो ? के अव हामीले पनि सतीले सरापेको देश नै भनेर चुप लाग्न मिल्छ र ? लालबाबु पण्डित, गोकर्ण विष्ट र कुलमान घिसीङहरु सधैं पदमा पुग्दैनन् । पुगेका बेला हामीले सहयोग गर्ने पर्छ । अध्याँरो बेचेर आफु मोटाउन पल्केकाहरुको बिरुद्धमा अव हामी सबै नागरिक एक भएर लाग्नै पर्छ । हामी सबै मिलेर कुलमानका पक्षमा उभिनुपर्छ । आउनुहोस्, हातेमालो गरौँ । सबैले भनौं, ‘#IamwithKulman आज नगरे कहिले गर्ने ? हामीले नै नगरे कसले गर्ने त ? म त कुलमानको पक्षमा तपाईं नि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्