
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका(१ का किसानहरुले दुध बिक्रीबाट दैनिक डेढ लाख आम्दानी गर्ने गरेका छन्। स्थानीयको अगुवाइमा १४ वटा डेरी स्थापना भएपछि त्यस क्षेत्रको करिब डेढ लाख बराबरको दूधले बजार पाएको हो। केही समय अघिसम्म सहकारीमार्फत चिस्यान केन्द्रमा दुध बिक्री गदै आएका किसान आफ्नै गाँउमा डेरी स्थापना भएपछि हर्षित छन्।
सहकारीमार्फत बिक्री गर्दा बिहान हतार(हतारमा दुध संकलन केन्द्रमा पुर्याउने ३ सय घरधुरीका किसानहरु अहिले ९ बजे पुर्याउदा फरक नपर्ने हुँदा सहज भएको छ। डे री स्थापनापछि आफू अनुकुल समयमा दुध बिक्री गर्न तथा बचत भएको समय पशुको स्याहार गर्न सहज भएको किसान प्रकाश खनालले बताए। स्थानीयस्तरमा संचालनमा आएका डेरीले गाईको दुधको गुणस्तर हेरेर प्रतिलिटर ३० रुपैयाँदेखि ५० रुपैयाँ र भैसीको ८० रुपैयाँसम्म दिने गरेको खनालले बताए।
एकै वडामा १४ वटा डेरी हुँदा पनि दूध प्रशोशन गर्न र उत्पादित दूधजन्य सामग्री बिक्री गर्न समस्या नभएको स्थानीय डेरी सञ्चालन विष्णु चौलागाईंले बताए। प्रत्येक डेरीमा दैनिक एक सय लिटरदेखि पाँच सय लिटरसम्म दुध बिक्री हुने गरेको छ।
खरिद भएको दूधबाट दैनिक ७० देखि १ सय ५० किलोसम्म घीउ उत्पादन हुने गरेको छ। त्यस्तै, दैनिक १ सय ५० किलोदेखि ३ सय किलोसम्म छुर्पी उत्पादन हुने गरेको डेरी ब्यवसायी लोकनाथ चौलागाईँले बताए। घीउ प्रतिकिलो ५ सय रुपैयाँ र छुर्पी प्रतिकिलो ५ सय देखी ८ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। उत्पादित घीउ स्थानीय बजारबाट झापा, धरान हुँदै काठमाडौंसम्म निर्यात हुने गरेको छ भने छुर्पी अमेरिका निर्यात गर्ने व्यवसायीहरु डेरीमै खरिद गर्न आउने गरेको चौलगाईले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्