
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आईएमई र अक्सिजन सर्भिस इण्डियाबीच रेमिट्यान्स सम्वन्धी सम्झौता भएको छ। यस सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज हुने भएको छ।
आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र अक्सिजन इण्डियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रमोद सक्सेना लगायतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौता अनुसार भारतमा रहेका नेपालीहरुले अक्सिजन कार्यालयबाट पनि नेपाल रेमिट गर्न सक्ने छन्।
आईएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले अक्सिजनसँगको सेवा सुभारम्भले इण्डियामा रहँदै आएका लाखौँ नेपाली दाजुभाईहरुको कमाईलाई छिटो, छरितो र विश्वसनीय ढंगले नेपाल भित्र्याउन सहज हुने बिश्वास व्यक्त गरे।
सो अवसरमा अक्सिजन इण्डियाका अध्यक्षसक्सेनाले आईएमईसँगको व्यवसायिक साझेदारी कोशेढुंगा सावित हुने तर्क गरे। अक्सिजनले भारतका ३० हजारभन्दा बढी सेवा केन्द्रहरु मार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्