एजेन्सी – भारतीय माओवादीले दश दिन लामो बन्दको घोषणा गरेको छ । सुरक्षा फौजले छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा एक १३ बर्से बालकको हत्या गरेको भन्दै माआवादीले दश दिनसम्म सो क्षेत्र बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
माओवादीले लगाउने कम्ब्याट ड्रेस लगाएर प्रहरीले ती बालकलाई रुखमा बाँधेर हत्या गरेर दोहोरो भिडन्तमा माएिको भन्दै प्रहरीले प्रहरीले बक्तव्य दिएको छत्तीसगढमा कार्यरत मानव अधिकारवादी संस्थाहरुले बताएका छन् । यो क्षेत्रका आदिवासीहरूमाथि भएको दमन, हत्याविरुद्ध गरिएको दश दिने बन्द अगामी जनवरी ३ सम्म रहने छ ।
जनमेल अनलाइनका अनुसार भारतीय कम्युनिस्ट पार्टी ९माओवादी० का छापामारहरूले शनिबार आदिवासी क्षेत्रस्थित बहुराष्ट्रिय कम्पनीका ७० ओटा ट्रकहरूमा आगो लगाइदिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रको गाडचिरोली जिल्लाको सुरजपुरमा बहुराष्ट्रिय कम्पनी ल्वायड मेटल्स एन्ड इनर्जी कम्पनीसित सम्बद्ध ७० ओटा जति गाडीहरू माओवादी छापामारहरूले जलाइदिएका हुन् ।
उक्त कम्पनीले बनजंगल अतिक्रमण गरेको, आदिवासीहरूलाई विस्थापन गरेको, प्रदूषण फैलाएको र खानी सुरक्षाका नाममा प्रहरी गतिविधि बढाएको भन्दै ट्रकहरुमा आगो लगाएको भारतीय माओवादीले जनाएको छ । उक्त क्षेत्रबाट फलाम खानी हटाउनु पर्ने स्थानीयले लामो समयदेखि माग राख्दै आएको बताइएको छ ।
उता प्रहरीले ट्रकमा आगो लागेका घटनालाई स्वीकार गर्दै प्रहरीले ३५ ओटा ट्रक मात्र जलेको बताएको छ । घटनास्थलबाट प्रहरी कार्यालय ५ किलोमिटरको दुरीमा रहेको समाचारमा उल्लेख छ ।