
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आगामी फागुन १९ र २० गते काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना हुने भएको छ। सम्मेलन काठमाडौंमा आयोजना हुनेछ। नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन सम्मेलन आयोजना गर्ने सरकारले बताएको छ। सम्मेलनको तयारीको लागि उद्योग मन्त्री जोशीको नेतृत्वमा निर्देशक समिति गठन गरिएको छ।
शुक्रबार बसेको निर्देशक समितिको तेस्रो बैठकले लगानीको अवसर र सम्भावनाको विषयमा सम्मेलनमा छलफल केन्द्रित गर्ने निर्णय गरेको छ। सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ।
सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिने उद्योग मन्त्रालयले जनाएको छ। सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने अपेक्षा गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्