
काठमाण्डौ – वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका कैदी पनिलाल पण्डितले अन्धाधुन्द चक्कु प्रहार गर्दा वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ गम्भीर घाइते भएका छन् । पण्डितले बानियाँको गर्दनमा चक्कु प्रहार गरि घाइते बनाएका हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
चक्कु प्रहार गर्ने पण्डित भूमीगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वकार्यकर्ता रहेको श्रोतले जनाएको छ । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा उनले कैद सजाय भोगिरहेका पण्डित तीन महिना पहिले मात्र झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका थिए।
यस्तै घाइते बानियाँ पनि शरीर बन्धक तथा अपरण मुद्धामा अदालतले दोषी ठहर गरेका कैदी हुन् ।
चक्कु प्रहारबाट कारागारमा रहेका बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डिले उनीहरुको हात, पाखुर र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।
गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्