×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनप्रदर्शन सफल बनाउन एमाले सहित नौ दलले गरे यस्तो तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनप्रदर्शन सफल बनाउन एमाले सहित नौ दलले गरे यस्तो तयारी

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौँ – संविधान संशोधन विरुद्ध आन्दोलित भईरहेका  नेकपा एमाले सहित नौ राजनीतिक दलले पुस २२ गते आयोजना हुने भनिएको  बृहत जनप्रदर्शनलाई सफल बनाउन आफ्नो आफ्नो तर्फबाट  तिव्र तयारी सुरु गरेका छन् ।
एमालेलगायत नौ दलले ‘पुस २२ गते १ बजे रत्नपार्क जाऔँ, संविधान कार्यान्वयनको पक्षमा राष्ट्रिय एकता प्रदर्शन गरौँ’ भन्ने नारासहित विशाल विरोध सभा गर्न लागेका छन् ।
यसैबीच,नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी ९लोकतान्त्रिक०, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षहरुको हस्ताक्षर भएको अपिल घर–घरमा पुर्याउने कार्यक्रम पनि राखिएको छ ।
पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुने र सो सभालाई नौवटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने पनि जनाइएको छ ।
मोबाइलदेखि मोटरसाइकलसम्म
मालेले पुस २२ गतेको जनप्रदर्शनका लागि सडक तताउनेदेखि फेसबुक र भाइबरसम्मलाई प्रयोग गर्ने निर्णय गरेको छ । जसका लागि सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आकर्षक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने, फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने र प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने निर्णय पनि एमालेले गरेको छ । यसैगरी, पुस २० र २१ गते एसएमएस भाइरल चलाउने र प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने तयारी एमालेले गरेको छ ।
‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने, पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने, सिटी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने, पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै सहरमा माइकिङ गर्ने, २२ गतेलाई केन्द्रित गरी डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने, पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने, पुस २२ गतेका लागि जिंगल बनाउने, मुख्य नेताहरुको भिडियो सन्देश बनाई २२ गते सभामा आउन अपिल सार्वजनिक गर्ने र आन्दोलनको आवश्यकता र औचित्यबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई ब्रिफिङ गर्ने पनि एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: