
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने बताएका छन्। नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपैयाँ शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको उनले बताए। एक लाख रुपैयाँ एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको मन्त्री शर्माले जानकारी दिए।
एक लाख रुपैयाँ शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा ब्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने उनले बताए। मन्त्री शर्माले भने,ुलगानीसम्बन्धी प्रतिबद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन्, फाराम भर्नुहोला।
ु उनले अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि सरकारले गरेको जानकारी दिए। एक कित्ता शेयरको एक सय रुपैयाँ पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंया तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने उनले बताए। नेपालको पानी जनताको लगानी अन्तर्गत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको शेयर रहने नीति बनाइएको जानकारी उनले दिए। मन्त्री शर्माले हरेक कार्यकर्तालाई पनि त्यसमा सहभागी हुन आग्रह गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्