
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – ऊर्जा मन्त्री जनार्दन शर्माले देशलाई अब राजनीतिक लोडसेडिङमुक्त बनाउनुपर्ने बताएका छन् ।माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा मंगलबार पाटन आयोजित कार्यक्रममा मन्त्री शर्माले राजनीतिक लोडसेडिङमुक्त गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने औंल्याए ।
एमालेतर्फ संकेत गर्दै उनले संविधान कार्यन्वयनमा व्यवधान खडा गरेर राजनीतिक लोडसेडिङ गरेको आरोप लगाए ।
संविधान संशोधन प्रस्ताव राष्ट्रघाती नभएको दाबी गर्दै उनले सस्तो लोकप्रिंयताका लागि गलत भ्रम फैलाउन खोजिएको बताए । शर्माले माओवादी केन्द्रले लोडसेडिङ मुक्त गर्नका लागि उर्जामन्त्रालयको जिम्मेवारी दिएको चर्चा गर्दै सहरलाई उज्यालो पारेको र अब राजनीतिक लोडसेडिङ गर्न काम गर्ने बताए ।
‘राजनीतिक लोडसेडिङले मुलुक र युवा वर्गको भविष्य खतरामा पार्छ’, उनले भने, ‘राजनीतिमा सक्रिय युवाहरुले ‘राजनीतिक लोडसेडिङ’ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।’ शर्माले संविधान कार्यान्वयनको जिम्मेवारी युवाहरुको काँधमा रहेको उल्लेख गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्