×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकले हकप्रदको लागि म्याद थप्यो

GLOBAL IME BANK

जनता बैंकले हकप्रदको लागि म्याद थप्यो

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – जनता बैंकले लिमिटेडले हकप्रद भर्ने म्याद थप गरेको छ । अब लग्निकर्ताले पुस १० सम्म बैंकले बिक्रि गरिरहेको ५० प्रतिशत हकप्रद भर्न  सक्ने छन्  । यस अघि हकप्रद भनरे अन्तिम मिति आज पुस ५ लाई तोकिएको थियो  । बैंकले मङ्सिर १ देखि हकप्रद बिक्रि थालेको हो  ।
बैंकले १ करोड ३ लाख कित्ता हकप्रद बिक्रि थालेको हो । हकप्रदको लागि कार्तिक ११ बुक क्लोज मिति तय भएको थियो । कार्तिक १० सम्म बैंकको शेयर किनेका लगानीकर्ताले हकप्रद भर्न सक्ने छन्  ।
हकप्रदको लागि एनसीएम मर्चेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । हकप्रद एनसीएम मर्चेन्ट बैंकिंगको कार्यालय कमलपोखरी र जनता बैंकको सबै शाखाबाट आवेदन दिन सकिने । 
हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड रहेकोमा हकप्रदपछि २ अर्ब ९ करोड पुग्ने छ । बैंकले त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: