×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जयललिताको निधनपछि ७७ जनाद्वारा आत्महत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जयललिताको निधनपछि ७७ जनाद्वारा आत्महत्या

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – भारतको तमिलनाडु राज्यकी तत्कालिन मुख्यमन्त्री स्वर्गिय जयललिताको निधनपछि ७७ जनाले आत्महत्या गरेका छन् । यसअघि पनि अधिक सम्पति कमाएको आरोपमा जेल जाँदा दुई सय भन्दा बढी ब्यक्ति आत्म हत्या गरेका थिए ।
सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम एआइडीएमके का अनुसार राज्यकी लोकप्रिय नेत्रृ तथा अभिनेत्री जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेका हुन् ।
सो दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको जनाएको छ ।
केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ । तर एआइडीएमकेले जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको सूचीसमेत सार्वजनिक गरेको छ ।
सो पार्टीले जयललिताको निधनपछि आत्महत्या गर्ने प्रयास गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता, आफ्नो औंला काटेर शोक मनाएका कार्यकर्तालाई क्षतिपूर्तिस्वरुप पार्टीका तर्फबाट ५०–५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी